अष्ट्रेलियामा नेपाली एभरेष्ट बुचरीले मनायो भव्य वार्षिकोत्सव

असार २९,सिड्नी । अष्ट्रेलियाको सिड्नीमा रहेको एभेरेष्ट बुचरीको पहिलो वार्षिकोत्सव हालै मनाइएको छ । टेम्पे फुटबल ग्राउन्डमा नेपाली समुदायका अगुवासहित ६ सय भन्दा बढिको सहभागीतामा NRNA अष्ट्रेलियाको नयाँ नेतृत्वका विषयमा विचार मन्थनपनि वार्षिकोत्सवमा भएको थियो ।


नेपाली समुदायका अगुवा डा. नारायण प्रधानलगायत एनआरएन अस्ट्रेलियाका पदाधिकारीको सहभागीता जुलाई २ तारिकमा भएको एभरेष्ट बुचरीका सञ्चालकले जानकारी दिएका छन् ।

अष्ट्रेलियाका मेलबर्न, व्रिसबेनलगायतका सहरबाट पनि नेपाली समुदायका व्यक्तिहरू  स्वस्थ्य मासु विक्रि गर्दै आएको एभरेष्ट बुचरीको वार्षिकोत्सवमा सहभागीता भएका थिए ।

कार्यक्रममा डा. नारायण प्रधानले आगामी दिनमा नेपाली समुदायबीच एभरेष्ट बुचरीले स्वस्थ्यकर मासु विक्रि गरी आफ्नो गुणस्तरता देखाएको जानकारी दिँदै आगामी दिनमा पनि यस्तै सेवा प्रदान गर्न बुचरी सफल हुनुपर्ने सुझाव दिएका थिए ।

वाषिकोत्सवमा NRNA अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, नयाँका अध्यक्ष कमलराज पाठक, अभिमानसिंह बस्नेत, दिनेशराज पोखरेल,  भुपालराज सिटौलालगायत सहभागी थिए ।  अन्तर्राष्ट्रिय नेपाली विद्यार्थी फोरमका सदस्यहरूको पनि बाक्लो सहभागीता रहेको थियो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु