अष्ट्रलियाको नेपाली समुदायसँग सहकार्य गरी अगाडी बढ्छु-राजदुत शेर्पा

असनेपालन्युज, सिडनी । अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले यहाँका नेपाली समुदायसँग सहकार्य र हातेमालो गर्दै अगाडी बढ्ने बताएकी छन्  ।

नेपाली महावाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्सले नवनियुक्त्त राजदुत शेर्पाको स्वागतमा ७ जुलाई सिडनीमा आयोजित कार्यक्रममा बोल्दै राजदुत शेर्पाले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय र अध्ययनरत नेपाली विद्ध्यार्थीको सेवालाई पहिलो प्राथमिकतामा राखेर आफुले काम गर्ने बताएकी छन् ।

उनले अष्ट्रेलियाले नेपाललाई दिंदै आएको सहयोग बृद्धी गर्न आफु लागी पर्ने नेपाल र अष्ट्रेलियाबिच आयात निर्यात व्यापार, लगानी गर्न सक्रिय हुने बताइन । साथै उनले नेपालको संविधान पुर्ण रुपमा कार्यन्वयनमा प्रवासमा रहेका नेपालीको भुमिका उत्तिकै महत्वपूर्ण भएको बताउंदै  अष्ट्रेलियामा सिकेको अनुभव,ज्ञान र सीप नेपालमा लगानी गर्न समेत आग्रह गरेकी छन् ।

कार्यक्रममा न्यु साउथ वेल्सका लागी महाबाणिज्यदुत दिपक खड्काले नव नियुक्त्त राजदुतलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै महाबाणिज्यदुत खड्काले राजदुत शेर्पाको कार्याकालमा नेपाल र  अष्ट्रेलियाबिचको सहयोग बढने आशा गर्दै उनको कार्यकाल सफलताको कामना गरेका थिए ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु