अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिन बिच भेटबार्ता

असार २३, ह्यामवर्ग (जर्मनी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपतिबीच शुक्रबार जर्मनीको ह्यामवर्गमा जि–२० भेट भएको छ ।

भेटको शुरुमा कुरा गर्नुहुँदै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग भन्नुभयो, हामीले आगामी दिनमा रसिया, अमेरिका र सम्बन्धित सबैलाई धेरै सकारात्मक कुराको थालनी गरेर देखाउनु छ । मलाई तपाईसँग भेट्दा सम्मानित भएको अनुभुति गरेको छु ।

त्यसैगरी पुटिनले पनि राष्ट्रपति ज्यू तपाईंसँग प्रत्यक्ष भेट्न पाउदा म साह्रै खुशी छु । तपाइले भन्नुभएजस्तो हाम्रो भेटघाटले ठोस नतिजा ल्याउनुपर्छ ।

दुई शक्तिशाली नेताको भेटमा उत्तर कोरिया सङ्कट, सिरियाको द्व्नन्द, युक्रेन–रसियाबीचको हतियार नियन्त्रण सम्झौता, विश्व व्यापार र विश्वतापमान बृद्धि लगायतका विषयबारे छलफल हुनसक्ने बताइएको छ ।

रासस÷एएफ्पी

9 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु