भरतपुर महानगरपालिकाको मुद्दा सुनुवाइ फेरी सर्यो

असार २३,काठमाडौं । भरतपुर महानगरपालिकाको १९ नं वडामा मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आजपनि भएन । उक्त मुद्दाको पेशी ७ नम्बरमा परेकोमा हेर्दाहेर्दैमा राखिएको छ ।

यो मुद्दाको पेशी अब असार २६ गतेलार्इ तोकिएको छ । निर्वाचन कार्यालयले च्यातिएका मतपत्रसहितका कागजात सर्वोच्चमा बुझाएपछि आज सुनुवाइ हुन लागेको थियो । सर्वोच्चका न्यायाधीशहरु मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलासले पेशी तोकिएको थियो  ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना जारी रहेको बेला गणनास्थलमा रहेका पार्टी प्रतिनिधिले केही मतपत्र च्यातेपछि गणना रोकिएको थियो । त्यसपछि सो विषय सर्वोच्च अदालतसम्म पुग्यो ।

भरतपुर महानगरपालिका वडा नं। १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए । च्यातिएका मतपत्र अदालतमा झिकाइएको थियो । च्यातिएका मतपत्र, मतगणना स्थगित गरेको मुचुल्का, मतगणना स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाईएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का र च्यातिएका मतपत्र गणना गरेपछि पठाईएको प्रतिवेदन पनि भरतपुरबाट अदालत ल्याइएको थियो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु