नायिका निशा अधिकारीले अर्कै सँग बिहे गरेपछि पूर्वप्रेमीले गाडी फिर्ता मागे

असार २१, काठमाण्डौं । खुशीको कुरा हो कि नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर बितको लामो प्रेम सम्बन्ध दाम्पत्य जिवनमा परिणत भयो । तर दुःखको कुरा छ कि अर्कोसँग विवाह गरिसकेपछि गाडी फिर्ता गरिदिएहुन्थ्यो भन्दै एकजना धनाढ्य अहिले आफ्नो सर्कलमा साथीभाइ सँग रोइलो गर्दै छन् ।

मुख्यतः घरजग्गा कारोबारी,बैंक सञ्चालक हुँदै सांसदसम्म भएका ति धनाढ्यले नायिका निशा अधिकारी लाई कुनै बेला अपार्टमेन्ट दिएका थिए । तर निशाको मन अन्तै मोडिदा अपार्टमेन्ट छाडिन, गाडी भने साथमै छ । ०७० सालमा दोस्रो संविधानसभा सदस्य मनोनित भएपछी निशालाई ति व्यापारीले समय दिन छाडे । त्यसपछि गोपीकृण्ण हलका सञ्चालक उद्दव पौडेलका छोरो निरकसँग नजिकिइन । तर निरक सँगपनि लामो मित्रता रहेन जतिबेला सहाना बज्राचार्य र दावा स्टेभेन शेर्पा लिभिङ्ग टुगेदरमा थिए ।  उनिहरुको सम्बन्ध टुटनुअघि निशा मिल्ने साथी भइन् ।

स्रोतका अनुसार अहिले दावा र सहानाबीच सम्बन्ध राम्रो छैन । दावालाई पैसाको कुनै दुःख छैन । दावा हिजोआज नम्रता श्रेष्ठ सँग नजिक छन् । उनी नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका छोरा । आङछिरिङका दुई श्रीमती । एउटा नेपाली र अर्को बेल्जियमकी । बेल्जियमकी आमाको नामबाट स्टेभेन जुराइएको हो । उनै निशाले गो गाडी फिर्ता नगरेपछि दावाले साथी सर्कलमा गुनासो गर्दै हिँडेको ।

जनआस्था साप्ताहिकबाट

21 total views, 21 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु