सामाजिक स‌ंजालको प्रोफाइल पिक्चरले बताउँछ तपाई कस्तो व्यक्ती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असार २१ । सामाजिक सञ्जालहरुमा पोस्ट गरिने प्रोफाइल फोटोले तपाईको बारेमा त्यो सबै कुरा बताउन सक्छ, जुन तपाईलाई कहिल्यै जानकारी नहुन सक्छ ।

तपाईको सोच, विचार र आदत बारे प्रोफाइलमा पोस्ट गरिने तस्वीरको माध्यमबाट सजिलै पत्ता लगाउन सकिन्छ । यसकै बिषयमा हालै एक खोज पनि गरिएको छ । यो खोजमा सामाजिक सञ्जाल ट्वीटर प्रयोग गर्ने ६६ हजार प्रयोगकर्ता सहभागी थिए । त्यसमा ३१ हजार ३ सय ७ जना पुरुष र ३५ हजार १ सय ९५ महिला थिए । फेसबुक र ट्वीटर प्रयोगकर्ता आफ्नो प्रोफाइल पिक्चर जस्तो प्रकारको हाल्छन् त्यसबाट सबैभन्दा पहिला उनीहरुको आदतबारे पत्ता लाग्छ ।

अहिलेको समयमा जोसुकै व्यक्तिले पनि सामाजिक सञ्जाल प्रयोग गर्छन र चाहन्छन पनि । तपाईले आफ्नै अकाउन्टबाट पनि धेरैजनाको प्रोफाइल पिक्चर देख्नु भएको होला, धेरै कलरफुल र चम्किलो हुन्छन् । विशेषज्ञहरुका अनुसार यस्ता व्यक्तिहरु इमान्दार हुन्छन् । यीनिहरुको प्रोफाइल पिक्चरमा सबैभन्दा बढी भावनात्मक चीज झल्किन्छ । वास्तविक जीवनभन्दा यीनिहरुको प्रोफाइल पिक्चर कोसौं दूर हुन्छ । यदि कुनै प्रयोगकर्ताले आफ्नो प्रोफाइल पिक्चरमा आफ्नो अनुहार देखाएका छैनन् भने त्यस्ता व्यक्तिलाई खुला बिचार भएको मानिन्छ । यस्ता मानिसहरु धेरैजसो आफ्नो तस्वीर कितावसँग पोस्ट गर्ने गर्छन् । यस्ता मानिसहरुलाई गगल्स लगाएर फोटो खिच्ने र पोस्ट गर्ने शौक हुँदैन ।

बहिर्मुखी विचार भएका व्यक्तिको बारेमा भन्नुपर्दा यस्ता व्यक्ति प्रोफाइल पिक्चर अपलोड गर्नुपर्दा धेरै कुरामा ध्यान दिँदैनन् । नत आफ्नो कुनै चीजलाई फोटोमा विशेष महत्व दिन्छन् । यस्ता व्यक्तिलाई अरुसँग सेल्फी लिएर प्रोफाइल पिक्चर बनाउन मन पर्छ । कोही मानिस हरेक फोटोमा आफूलाई संधै जवान र सुन्दर देखाउन चाहन्छन् । यस्ता व्यक्तिको प्रोफाइल पिक्चर भने केही फरक हुन्छ ।

फेसबुक प्रोफाइल फोटोले सकरात्मक मात्र हैन नकरात्मक सेन्दश पनि दिन्छ । आफूलाई बढी महत्व दिएर प्रोफाइल पिक्चर राखिएपनि यीनिहरुका स्टाटस नकरात्मक सन्देशले भरिएका हुन्छन् । अरुको आलोचना र अरुप्रति नकरात्मक टिप्पणी गर्नु यस्ता व्यक्तिको मूख्य विशेषता हो ।

70 total views, 3 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु