धरानमा मतगणना अबरुद्द

असार २१, इटहरि । धरान उपमहानगरपालिकाको मतगणना कार्य अवरुद्द भएको ३४ घण्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । मतगणनाको योगफलमा मत गणकले गम्भीर त्रुटी गरेको तथ्य फेला परेपछि गत असार १९ गते ९ बजेबाट अबरुद्ध भएको मतगणना कार्य अहिलेसम्म सुरु हुन सकेको छैन ।

धरान ९ को मतगणना चलिरहँदा मत गणक मनबहादुर कार्की र धनकुमार राईले माओवादी केन्द्रको पक्षमा आएको ५० मत एमालेको पक्षमा लगेर योगफल तयार पारेको आरोप लागेपछी मतगणना कार्य अवरोध बन्न पुगेको थियो । मतगणना सुचारु गर्ने विषयलाई लिएर मंगलबार दिनभरी धरानमा पटकपटक बैठक बसे पनि राजनितिक दलबिच सहमति कायम हुन सकेन । मतगणना सुचारु गर्ने बिषयमा आज पनि बैठक बोलाइएको छ । सहमति भयो भने दिउँसोबाट मतगणना कार्य अगाडी बढाउन सक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाको पछिल्लो मतगणनाको नतिजा अनुसार प्रमुख पदमा एमालेका द्वारीकलाल चौधरीले १३ हजार ९९८ र उपप्रमुखमा सोही पार्टीका लक्ष्मी गौतमले १२ हजार ९८६ मत प्राप्त गरी अग्रता लिएको छ । प्रमुखमा काँग्रेसका रोहीत प्रसाइले १२ हजार ६१७ र उपप्रमुखमा बिकला ढकालले ११ हजार ६५९ मत ल्याइ पच्छयाइरहेको छ ।

रासस

 

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु