‘सिग्नेचर’ मुभीले सुरु गर्‍यो ‘थिंक पोजेटिभ ग्लोबल’ अभियान

असार २१ ,काठमाडौं । मानिसको वास्तविक जीवनकथामा आधारित तयार भएको चलचित्र ‘सिग्नेचर ’ले सकारात्मक सोचका लागि भन्ने मुलनाराका लागी एक दिने अभियान सन्चालन गर्ने  भएको छ । सोच नै मानिसको सबै समस्याको जड भएको भन्दै फिल्मले ‘सिग्नेचर मुभि थिंक पोजेटिभ ग्लोबल’ अभियानको आयोजना गर्न लागेको हो।

सभ्य सिर्जनाको प्रस्तुति, स्कुल फाउन्डेसनको आयोजना र एएचएफ को सहयोगमा हुन लागेको अभियान आगामी असार २४ गते, शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म, काठमाण्डौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । एक दिने इभेन्टको रूपमा सञ्चालन हुन लागेको कार्यक्रममा चलचित्र प्रदर्शन र प्रदर्शन पश्चात कलाकारसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै कार्यक्रममा रक्तदान, स्वास्थ्य जाँच, साइकोलोजिकल काउन्सिलिङ,कन्डम वितरण का साथै टिकटमा विशेष उपहारको समेत व्यवस्था समेत गरिएको छ ।

यस सिनेमाले मानिसको वास्तविक जीवनलाई विषयवस्तु बनाएको छ । एउटा मान्छे गर्भावस्थादेखि नै हुर्कँदै र अगाडी बढ्दै जाँदा उसमा घरपरिवार, समाजका विभिन्न तत्वहरूले पार्ने प्रभाव र त्यसको मनोवैज्ञानिक असरका कारण उसमा पैदा हुने नकारात्मक सोच र त्यही सोच अनुसारको उसको बानी, व्यवहार, आचरण र क्रियाकलापले उसको व्यक्तिगत जीवन र सिंगो समाजमा पर्न जाने असरलाई चलचित्रमा अत्यन्तै कलात्मक र जिवन्त तरिकाले प्रस्तुत गरिएको छ । सो अभियान मार्फत चलचित्रले व्यक्तीमा सकारात्मक सोच, बानी व्यवहार र आशावादी जिवन जिउने उत्प्रेरणा दिने छ ।

ओस्कार इन्टरनेसनल कलेजका अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको सो चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । चलचित्रमा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, सरिता गिरीको अभिनय रहेको छ ।

देशका विभिन्न विद्धयालयमा यो अभियान अगाडि बढाइने निर्माणपक्षको भनाइ छ ।

 

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु