उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण अमेरिकालाई चेतावनी

असार २०,सोल । विश्व समुदायको आग्रहका बिपरीत फेरि उत्तर कोरियाले मङ्गलबार ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । अमेरिकाले अाफ्नो स्वतन्त्रता दिवसको तयारी गरिरहँदा उत्तरले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि यसलाई संयुक्त राज्य अमेरिकालाई दिइएको चेतावनीका रुपमा पनि लिइएको छ ।

यसलाई निकै शक्तिशाली क्षेप्यास्त्रका रुपमा लिइएको छ । आणविक हतियारसम्बन्धी विज्ञहरुका अनुसार सो परीक्षण यसअघिको भन्दा निकै शक्तिशाली रहेको र यसले अलास्कासम्म गर्न सक्छ । यसअघि उत्तर कोरियाली नेताले आफ्नो देशले अमेरिकासम्म मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र निर्माणको तयारी गरिरहेको बताएका थिए ।

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीचको पछिल्लो फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणलाई रोक्न र यसबाट उत्पन्न अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा समयमै सावधानी अपनाउन अाग्रह गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले अाफ्नो ट्वीटमा उत्तर कोरियाको यस आणविक परीक्षणको कामलाई वाहियात तथा असम्भवको संज्ञा दिँदै यसलाई सधैँका लागि बन्द गराउने काम गर्न चीनलाई पनि आग्रह गर्नुभएको छ ।

यो परीक्षणलाई उत्तर कोरियाली रक्षा अधिकारीहरुले शक्तिशाली भनेका छन् । उनीहरुले यसको औपचारिक नामाकरण र घोषणा भने गरेका छैनन् । सञ्चारमाध्यमहरुले यस परीक्षणपछि उत्तर कोरियाली नेताको प्रतिक्रिया के आउछ भन्ने बारेमा केही बताउन नसकिएको जनाएका छन् । मङ्गलबारको यो परीक्षणबाट करिब २ हजार ५०० किलोमीटरसम्म मार हान्न सकिने अनुमान गरीएको छ ।

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु