गोला प्रथामा पनि एमालेले मार्यो बाजि

असार २०,झापा । झापा स्थित कमल गाउँपालिकामा एमाले र काँग्रेसका उम्मेदवारकाे मत बराबर भएपछि राजनीतिक दलबीच सहमतिमा गोला प्रथाबाट गाउँपालिकाको अध्यक्ष चुनिएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हुकुमसिंह राई र एमालेका मेनुका काफ्ले दुवैले बराबर आठ हजार २२५ मत प्राप्त गरेका थिए । गोलाप्रथा गर्दा एमालेका काफ्ले विजयी भएको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले बताउनुभएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु