काठमाण्डौ‌ं छिर्ने चारै नाकामा आधुनिक गाडी धुने मेसिन जोडिँदै

असार १८, काठमाठौं । उपत्यका प्रवेश गर्ने चार वटा नाकामा गाडी धुने (कार वासिङ) मेसिन जडान गरिने भएको छ । उपत्यका प्रवेश गर्ने सवारी साधनले उपत्यकामा धुलो भित्र्याएको भन्दै ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिकाको सहयोगमा चारै नाकामा कार वासिङ मेसिन जडान गर्न लागेको हो ।

महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामाका अनुसार नागढुंगा, फर्पिङ, जगातिमा र मुड्खु भञ्ज्याङमा कार वासिङ मेसिन राख्न लागिएको हो । महाशाखाले आज राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ योजना सार्वजनिक गर्दै त्यस्तो बताएको हो ।  ति मेसिनले एक पटकमा १० देखि १५ वटा सम्म सवारी साधन धुन सक्नेछ । केहि शुल्क भने सबारी साधन धोए वापत तिर्नुपर्दछ । साथै प्रदुषण परिक्षण यन्त्र पनि वातावरण विभागसँगको सहकार्यमा उपत्यका छिर्ने चार वटै नाकामा २/२ वटा जडान हुँदैछ । त्यस बाहेक उपत्यकाका बिभिन्न क्षेत्रमा थप १६ वटा प्रदुषण परिक्षण यन्त्र जडान गरिने पनि लामाले जानकारी दिए ।

ट्राफिक प्रहरीले उपत्यकाको सवारी आवागमनलाई व्यवस्थित गर्न लामो रुटका ठुला साधनहरुलाई रिङ रोडमा धुमाउन पनि रोक्ने तयारी गरेको छ । लामो रुटका सवारी साधनले रिङरोड घुमेर यात्रु चढाउने र ओराल्ने कार्य गरेकाले ट्राफिक व्यवस्थापनमा सहज नभएको भन्दै रिङरोडमा चल्न रोक लगाउन लागेको हो । लामो दुरीका सवारी साधनहरु लाई अब बसपार्क सम्ममात्रै आउन पाउनेछन् ।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु