एक सय छयानब्बे स्थानको मत परिणाम घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असार  १८, काठमाण्डौं । दोस्रो चरणअन्तर्गत असार १४ गते ३५ जिल्लामा भएको निर्वाचनमा हालसम्म १९६ स्थानिय तहको अन्तिम परिणाम प्राप्त भएको छ ।

निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार हालसम्म प्रदेश नं १ का ७१, प्रदेश नं ५ का ६० र प्रदेश नं ७ को ६५ स्थानिय तहको अन्तिम मत परिणाम घोषणा भएको हो ।

त्यसैगरी प्रदेश नं १,५ र ७ का क्रमशः ६६, ४८ र २३ गरी अहिले १३७ स्थानिय तहको मतगणना जारी रहेको आयोगले जनाएको छ ।

दोस्रो चरण अन्तर्गत ३३४ स्थानिय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । उक्त निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

रासस

 

41 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु