सेन्चुरी बैङ्कले सगरमाथा फाइनान्ससँग एकीकृत कारोबार गर्ने

असार १८,काठमाडौँ । बैङ्कका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको विशेष साधारण सभाले सेन्चुरी कमर्सीयल बैङ्कलाई चाँडै सगरमाथा फाइनान्ससँग प्राप्ति (एकीकृत) गर्ने प्रस्ताव अनुमोदन गरेको छ । यो निर्णयसँगै यी दुई संस्थाहरू बीच एकीकृत कारोबार सुरु हुने छ । सगरमाथाको १०० कित्ता सेयर सेन्चुरीको ९५ कित्ता सेयर हुने गरी सम्झौता गरिएको हो । यस सम्झाैतासँगै बैङ्कको चुक्ता पुँजी रु सात अर्बभन्दा बढी भएको छ ।

बैङ्क तथा वित्तीय संस्थाको नियमन निकाय राष्ट्र बैङ्कले यही असार मसान्तसम्म विकास बैङ्कको चुक्ता पुँजी रु आठ अर्ब पुर्‍याउन निर्देशन दिएपछि बैङ्कहरूले एकीकृत भई कारोबार गर्न लागेका हुन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु