कलाकारहरुले दही चिउरा खांदै क-कसलाई गरे सम्मान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असार १६, काठमाण्डौं । वरिष्ठ हांस्य कलाकर किरण केसीले आफ्नो जन्म दिनको शुभ अवसर पारेर अन्तराष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाका उपाध्यक्ष एवं राजधानीमा एउटा भव्य कलाकार जमघट र सम्मान समारोह आयोजना गरे । सो कार्यक्रममा हांस्य कलाकार मनोज गजुरेलले उदघोषण गरेका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय कलाकर मञ्चका केन्द्रिय अध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका वाशिङ्गटन डिसी अध्यक्ष , वरिष्ठ लोक तथा दोहोरी गायक एवं पत्रकार रामप्रसाद खनाललाई लामो समय देखि लोक संस्कृति, साहित्य र पत्रकारितामा दिनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरियो । खनाललाई वरिष्ठ कलाकारहरु  किरण केसी,दिपा श्री निरौला र नेपाली सेनाका रथी  डा. नरेन्द्र केसीले सयुंक्त रुपमा सम्मान गरेका थिए ।

यसै गरि पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ कलाकार लय संग्रौला, रमेश केसी (मट्टारे) र राज केसीलाई पनि वहांहरुले आ-आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानका लागि सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिहरुको वारेमा प्रकाश पार्दै, आयोजक केसीले कार्यक्रम भव्य रुपमा सफल पार्न सहयोग गर्ने सवै कलाकार,पत्रकार र सम्मानित व्यक्तित्वहरुलाई धन्यवाद प्रकट गरेका थिए ।

दुइसय भन्दा बढी बिभिन्न बिधाका कलाकारहरु, चलचित्रकर्मीहरु, पत्रकारहरुको उपस्थितीमा असार १५ को दही चिउरा खांदै र जन्मदिनका अवसरमा किरण केसी लाई शुभकामना दिएका थिए ।

81 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु