बुथलाई लक्षित गरि प्रहार गरेको बम समातेर फाले हवल्दारले

असार १४, दाङ । दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रको बुथ सुरक्षामा रहेका प्रहरी हवल्दार गोरेबहादुर रानाले ज्यानको प्रवाह नगरी बुथलाई लक्षित गरि प्रहार गरेको बम भूईमा खस्न नपाई फालेपछि उनको नाम चर्चामा चुलिएको छ । अज्ञात समूहले फालेको उक्त बम हवल्दारले समातेर फालको दुई सेकेण्डमै पड्किएको थियो । हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति हुन पाएन ।

हवल्दार रानाले ठूलो साहसका साथ बुथमा फालिएको बमलाई हातले समातेर फालेर बुथ र मतदातालाई सुरक्षित राखेका थिए । यस घटनापछि त्यहाँ उपस्थित सबैले उनलाई धन्यवाद प्रकट गरेका थिए । विभिन्न सामाजिक सन्जालहरूमा रानाको साहसको गुनगान चलिरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु