अष्ट्रेलियाको तास टापुमा यसकारण नेपाली भाषा दोस्रो स्थान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

असार १३ । अष्ट्रेलियाको तास्मानिया टापुमा अंग्रेजी भाषा पछाडी सबैभन्दा बढी बोलिने नेपाली भाषा भएको छ । यस टापुमा जनगणनाले नेपालीभाषालाई दोस्रो र तेस्रोमा चिनियाँ भाषा बोल्नेहरु छन ।

यो सुन्दर टापुमा नेपाली भाषा बोल्नेहरु ०.३ प्रतिशत पुगेका छन् । बिभिन्न सिलिसलामा अष्ट्रेलियामा पुगेका नेपालीहरु यो टापुमा बसाइँ सर्ने प्रवृति बढिरहेको तथ्यांक विभागले देखाएको छ ।

अध्ययनको शिलशिलामा विद्धार्थीहरु सिधै तामसानिया विश्वविद्धालय जाने, विगत केही वर्ष यता अष्ट्रेलिया जाने नेपाली विद्धार्थी एवं पि आर लिएर बसाईँ सर्ने प्रवृति बढेको कारण नेपाली जनसंख्या बढेको हो । ताजा जनगणना अनुसार तासमानियाको जनसंख्या ५ लाख ९ हजार ९ सय पुगेको छ । सो टापुमा चिनियाँ भाषा पनि बढदो छ ।

अष्ट्रेलियामा अध्ययन,काम तथा विभिन्न उदेश्यले बिश्वभरबाट लगभग १८० मुलुकबाट मानिसहरु जाने गरेको विभागको एक अध्ययनले बताएको छ ।

लगभग ४५ प्रतिशत भुभाग पार्क र संरक्षित क्षेत्र भएकोले यस ठाउँ प्राकृतिक दृष्ट्रिकोण सुन्दर क्षेत्र मानिन्छ । पछिल्लो समय पर्यटन उद्दधोगलाई प्राथमिकता दिएको यस तासमानियाकमा सन् २०१४ को प्रति व्यक्ती आय ४४ हजार ११ यु.एस डलर थियो ।

झापा र मोरङ्बाट तेस्रो मुलुकमा स्थानन्तरण गरिएका भुटानी शरणार्थीहरु पनि यसै क्षेत्रमा आएका छन् । उनीहरुको पनि मातृभाषा नेपाली नै भएको ले नेपाली बोल्नेको संख्या बढेको हो ।

105 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु