कतारलाई फेरी अर्को झडका के होला २०२२ को विश्वकप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असार १३ । छिमेकी मुलुकहरुको नाकाबन्दीले आक्रान्त भएको कतारलाई फेरी अर्को झडका लागेको छ । सन २०२२ मा हुनगई रहेको विश्वकप फुटबलको लागी छानिएको देश कतारलाई यस खेलको लागी आर्थीक चलखेल गरेको आरोप लागेको छ ।

बिल्ड नामक जर्मनी पत्रिकाले विश्वकप आयोजक राष्ट्र छनौटको क्रममा आर्थिक चलखेल भएको दावी सहित प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा फिफाका एक उच्च अधिकारीका छोरीलाई कतारी अफिसियलहरुले २० लाख यु.एस. डलर घुस दिएको दावी गरिएको छ ।

फिफाका पूर्व छानविनकर्ता माइकल गार्सियाले तयार गरिएको भनिएको प्रतिवेदनमा कतारलाई विश्वकप फुटवल आयोजना गर्न दिँदा भएको मतदानपूर्व कतारी अधिकारीहरुले फिफा पदाधिकारालाई घुस दिइएको उल्लेख गरिएको छ ।

एजेन्सी

86 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु