अब वृद्धवृद्धा र अपाङ्गले भाडा तिर्न नपर्ने

 

असार १३, काठमाडौं । साझा यातायातले अब अपाङ्ग र ज्येष्ठ नागरिक लाई निःशुल्क सेवा दिने भएको छ । ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ बर्गका अपाङगले साझा बस चढ्दा भाडा तिर्नु पर्दैन ।

महानगरपालिका र साझा यातायातबीच आज भएको सम्झौतामा  अब ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क सेवा दिने उल्लेख छ । उपत्यका भित्र र बाहिर चल्ने सबै बसहरुमा साझा बसले नयाँ व्यवस्था गरेको हो ।

स्मार्ट कार्डबाट पनि अब साझाबसको भाडा तिर्न सकिनेछ । १० वटा गाडीमा यो सेवा उपलब्ध भएपनि अबका दिनमा साझाबसमा गाडीमा स्मार्ट कार्डबाटै भाडा तिर्ने व्यवस्था मिलाउन लागेको साझा यातायातले जनाएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु