रोनाल्डोले अाफ्नो देशका लागी गरेको गोल संख्या ७५ पुग्यो

असार ११। हाल रूसमा भइरहेको कन्फिडेरेशन कपको खेल अन्तरगत शनिवार बेलुकी भएको खेलमा पोर्चुगलले न्युजल्यान्लाई ४-० ले हराएको छ । खेलको ३३ अाैँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै राेनाल्डोले पहिलो गोल गरेका थिए । रोनाल्डोको यो गोलसँगै उनले हालसम्म अाफ्नो देशका लागी गरेको गोल संख्या ७५ पुगेको छ । पहिलो गोलको चार मिनेटमा नै वरनाडो सिल्भाले दोस्रो गोल पोर्चुगलको पोल्टामा पारेका थिए । त्यस्तै अ्यान्ड्री सिल्भाले तेस्रो र रोनाल्डोको ठाउँमा अाएका नानिले चाैँथाे गोल गरेका थिए । पोर्चुगल अाफ्नो ग्रूपको अपराजित टिम बन्न सफल भएको छ । यस जीत सँगै पोर्चुगलले बिहिबार सेमी फाइनलमा जरमनी र चिली मध्ये एकसँग खेल्ने भएको छ ।

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु