अाज मध्यरातबाट मौन अवधि सुरु हुँदै

असार ११,काठमाडौं । अाज मध्यरातबाट दोस्रो चरणको निर्वाचनको लागि प्रचार प्रसार गर्न नपाइने भएको छ । पहिलो चरणको चुनावमा झैँ अाज मध्यरातबाट मौन अवधि सुरु हुँन लागेको हो । मौन अवधिभर मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि कार्य गर्न पाइने छैन । निर्वाचन आचारसंहिता अनुसार मौन अवधिभर उमेदवारले प्रचारप्रसार गर्न नपाइने भएकाले दलहरु अन्तिम दिन चुनाव प्रचारमा खटिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ‘एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न निषेध गरीएको छ । मौन अवधि संचार माध्यमहरुलाई पनि लागू हुनेछ । यस अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भोट माग्दै विज्ञापन वा सन्देश प्रकाश प्रसारण गर्न रोक लगाइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु