बार्सिलोनामा गुड्ने लोकल गाडीहरुमा भिजिट नेपाल लेखिएका पोस्टरहरु टाँसिने

असार ९, बार्सिलोना । जुलाई दोस्रो सातादेखि अगष्ट महिनासम्म स्पेनको पर्यटकीय शहर बार्सिलोनामा गुड्ने लोकल गाडीहरुमा भिजिट नेपाल लेखिएका पोस्टरहरु टाँसिएको देख्न पाइने भएको छ । बार्सिलोनामा गुड्ने चार वटा लोकल बसहरुमा नेपालको पर्यटन प्रवर्द्धनका लागि पोस्टरहरु टाँसिने भएको हो । स्पेनको नेपाली समुदायको सहयोगले नै यसलाई साकार पार्ने भएको छ । त्यहाँ बस्ने नेपालीहरुले यसका लागि चाहिने करिव २ लाख ५० हजार रुपैयाँ ९२ हजार १ सय ९० यूरो दुई दिनमा संकलन गरेका छन् । विश्व कै पर्यटकीय गन्तब्य शहर बार्सिलोनाका लोकल गाडीहरुमा नेपालको नाम जोड्न पाउनु सबैका लागि गौरवको बिषय भएको नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले बताउनुभएको छ ।

विश्वका विभिन्न कुनाबाट बार्सिलोना घुम्न जाने पर्यटकहरुलाई नेपाल पनि घुम्नका लागि प्रेरित गर्नका निम्ति यो कदम चालिएको खरेलले बताउनुभयो । स्पेनबाट बर्षेनी नेपालमा करिव १३ हजार पर्यटकहरु अाउने गरेका भएपनि ‘नेपाल भ्रमण वर्ष-युरोप २०१७’ को अभियान मार्फत यस बर्ष यूरोपबाट मात्रै २ लाख पर्यटकहरु नेपाल ल्याउने उदेश्य राखिएको छ । स्पेनबाट मात्रै बर्षेनी नेपालमा करिव १३ हजार पर्यटकहरु नेपाल पुग्ने गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु