सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता सुरू हुँदै

असार ७। काठमाडाैँ, आगामी साउन १५ गतेदेखि सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । यस प्रतियोगीतालाई फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टले आयोजना गरेका छन् । प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने छ । अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको यस प्रतियोगिताको अनुमानित खर्च रु ९० लाख रहेको जनाइएको छ ।

प्रतियोगितालाई निजी क्षेत्रबाट आयोजना भएको विद्यालयस्तरको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताका रूपमा हेरीएको छ । प्रतियोगितामा विजेता टोलीको लागी रु पाँच लाख र उपविजेताको लागी रु तीन लाख पुरस्कार राशीको व्यवस्ता गरीएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको लागी रु २५ हजारसहित ट्रफी र उत्कृष्ट डिफेन्डर, मिडफिल्डर तथा उत्कृष्ट स्ट्राइकरको लागी जनही रु १० हजार छुट्याइएको छ । त्यसैगरी उत्कृष्ट डिफेन्डर, मिडफिल्डर तथा उत्कृष्ट स्ट्राइकरले जनही रु १० हजार पाउनेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु