एशियाली पुर्वाधार लगानी बैंकले १ खर्ब १४ अर्ब लगानी गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असार ५ । काठमाडौं, एशीयाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार विकासको लागि खर्बभन्दा बढी लगानी गर्ने सहमति गरेको छ । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित बैंकको बैठकमा भाग लिई स्वदेश र्फकनु भएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै बैंकले नेपालको पूर्वाधार विकासको लागि करिव १ खर्ब १४ अर्ब लगानी गर्न तयार भएको बताउनु भयो ।

अर्थमन्त्री कार्कीले बैंकले यो वर्ष्भित्रै तराईको ७ जिल्लाको पूर्वाधार विकासका लागि २८ अर्ब र काठमाडौं उपत्यकाको विद्युत सुधारका लागि १० अर्ब रकम उपलब्ध गराउने सहमति गरेको जानकारी दिनुभयो ।
यसमा चीन, बेलायत र क्यानडा सरकारको विशेष लगानी रहेको यस बैंकले काठमाडौंको सामाकोसी-टोखा सडक स्तरोन्नतिका लागि २२ अरव, पोखरा-बेनी-जोमसोम सडक विस्तारका लागि १६ अरव, तामाकोसी तेस्रो विद्युत आयोजना निर्माणका लागि १८ अरव रकम उपलब्ध गराउँदै जाने समझदारी पनि गरेको छ ।
एशीयाली पूर्वाधार लगानी बैंक अतिकम विकसित र अल्पविकसित मुलुकहरुको पूर्वाधार विकास गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस बैंकको बैठकमा अर्थमन्त्री कार्कीले नेपालको पूर्वाधार विकासका लागि सहयोग गरिदिन बैकसँग आग्रह गरे अनुसार र्बैंकले यो सहमति गरेको हो ।
उहाँले नेपालको पूर्वाधार विकासमा लगानी गर्न एशीयाली पूर्वाधार लगानी बैंक धेरै इच्छुक देखिएको पाइएको उल्लेख गर्नु भयो । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले नेपालको पूर्वाधार विकासमा लगानी गर्न एशीयाली पूर्वाधार लगानी बैंक आतुर रहेको बताउनु भयो ।

54 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु