क्रिकेट हारेको झोकमा आफ्नै टेलिभिजन सेट समेत फुटाए भारतीय जनताले

असार ५ । काठमाडौं, हरेक खेलमा हार एउटाको र जीत अर्कोको हुने विश्वव्यापि नियमलाई सबैले स्विकार गर्नैपर्छ । तर आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले पाकिस्तानसँग हारेको घटना सहन नसकेर भारतीय जनताले आफ्ना क्रिकेट टीमप्रति आक्रामक आक्रोश पोखेका छन् ।

आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो हार ब्यहोर्यो । यही हार उनी हरुको लागि असह्य भएपछि कानपुरका जनताले सडकमै उत्रिएर आफ्नो क्रिकेट टीमको बिरोध गर्दै नाराबाजी समेत गरे ।

उनीहरुले क्रिकेट टीमको पोष्टर जलाउँदै तोडफोड र नाराबाजी गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग यति ठूलो हार सितिमिती नब्यहोरेकोले भारतीय क्रिकेट फ्यानहरु फाइनल प्रतियोगितामा भारतले जित्ने प्रतिक्षामा थिए ।
आशा विपरित पारीणाम आएपछि उनीहरुले क्रिकेट टिम र क्रिकेटर बिराट कोहलीको हदै सम्म विरोध गरे ।

दक्षिणी कानपुरमा केही मानिसहरुले त झन आफ्नो देशले हारेको झोकमा आफ्नो टेलिभिजन सेट नै फुटाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
पाकिस्तानले १८० रनको फराकिलो अन्तरले भारतलाई पराजित गरेपछि भारतीय क्रिकेट फ्यानहरु तोडफोड र नाराबाजीमा उत्रिए ।

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु