एमाले-माओवादी झडपमा २० राउण्ड हवाई फायर

असार ४ ।बाँके, चुनाव नजिकिएसँगै विभिन्न दलका कार्यकर्ताहरू बीच झडपको समाचार अाइरहेका बेलामा अाज नेपालगञ्जमा पनि तनावपुर्ण स्थीती सिर्जना भएको छ । मनोनयन दर्ता गराएर फर्किने क्रममा सामान्य विवादले उग्र रुप लिँदा बाँकेको बैजनाथ गाउँपालिकामा एमाले र माओवादीबीका कार्यकर्ता बीच हानाहान भएको हो ।

मनोनयनका लागि नाचगान गर्दै आएका माओवादी कार्यकर्ताले एमालेले गरिरहेको कार्यक्रम नजिक आएर भाषण गर्न थालेपछि विवाद भएको बताइएको छ । सो विवाद चर्किएपछि दुवै पक्ष ढुंगा हानाहानमा उत्रेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रु ग्यास र २० राउन्ड हवाई फायर गरेको छ । दुवै पक्षबीच मेलमिलाप गराउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु