भारतको लज्जास्पद हार,पाकिस्तानले इतिहास बनायो

असार ४ । आइसीसी ट्रफीमा आज भारतको लज्जास्पद हार भएको छ भने पाकिस्तानले इतिहास बनाएको छ ।

भारतले टस जितेर पहिले फिडिङ्ग रोजेपछी व्याटिङ्गमा उत्रेको पाकिस्तानले ३३८ रन वनाएको थियो । सो लक्ष्य पाउन भारतले शुरुवाती देखीनै झडका पाउन थालेको थियो । रोहित शर्मा आउट भएको केही वलमा नै बिराट कोहली पनि आउट भए त्यस पछि भारत स्तब्ध भएको थियो ।

भारतल मात्र १५८ रन बनाउंदै अलआउट भयो ।  अन्तराष्ट्रिय क्रिकेटको फाइनल खेलमा पाकिस्तानले भारतलाई हराएको यो नै पहिलो रेकर्ड हो ।

पाकिस्तानले ५० ओभरको खेलमा मात्र ४ विकेट क्षतीमा ३३८ रन वनाएको थियो । पाकिस्तानको तर्फवाट फखर जामामले सर्वाधिक ११४ रन बनाएका थिय भने अलिले ५९ , हफिजले ५७ र बबर अजामले ४६ बनाएका थिय ।

भारतका तर्फबाट कुनै पनि व्याटस्म्यानहरु खासै जम्न सकेनन् तर हार्दिक पाण्डेले भने ७६ रन वनाएका थिए । विराट कोहली ५ रनमै आरउट भए भने रोहीत शर्मा सुन्य रनमै आउट भएका थिए । भने बलिङतर्फ भारतीय बलरहरु कसैले पनि सम्झनालायक प्रदर्शन गर्न सकेनन् । भूवनेश्वर कुमार, हार्दिक पण्ड्या र केदार जादवले एक एक विकेट लिए ।

पाकिस्तानी बलर अमिरले ३ र हसन अलिले ४ विकेट लिएर भारतलाई स्तव्ध बनाएका थिए ।

भारत र पाकिस्तान अहिले सम्म १५ पटक विश्वकप, ट्वान्टी ट्वान्टी गरी आइसीसीले आयोजना गरेको प्रतियोगीतामा खेल भएको छ ।  जसमा भारत १३ पटक विजय भएको छ । २ पटक मात्रै पाकिस्तानले भारतलाई हराउन सकेको छ ।

अहिले बलियो देखीएको भारतीय टिम शुरुवाती चरणमा एक दिवसीय क्रिकेटमा पाकिस्तानले भन्दा धेरै खेल हार्ने गरेको  छ । भारत र पाकिरस्तानविचको एक दिवसीय क्रिकेट पहिलो पटक सन् १९७८ मा खेलिएको थियो ।

 

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु