संविधान कार्यान्वयन विपरीत सरकार :ओली

असार ४ ।काठमाडौँ,एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशभक्त पार्टी भएकोले राष्ट्रिय एकता, मुलुकको हित र स्वाभिमानलाई लाभसँग सौदाबाजी नगर्ने बताउनु भएको छ ।
एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सरकारको ध्यान संविधान कार्यान्वयन नभई विपरीत कुरामा गएको आरोप लगाउनु भयो ।
“संविधान औचित्यका आधारमा संशोधन गर्न सकिन्छ” उहाँले भन्नु भयो,”तर बलजफ्ती देशलाई अहित पार्ने गरी प्रस्ताव आएमा एमालेलाई मान्य हुँदैन । “

आज पार्टी प्रवेश गर्नुभएकी राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादवलगायतलाई पार्टीमा स्वागत गर्दै उहाँले नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिने जानकारी दिनुभयो ।

राजपाका केन्द्रीय कोषाध्यक्ष अनिता यादवसहित विभिन्न दलका १५ जना एमालेमा प्रवेश गर्नुभएको हो । अनिता तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुनुहुन्छ । यादवको २०६६ साल माघ ८ मा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा निधन भएपछि अनिता तमलोपामा सक्रिय भई दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु