नौ पटक जेलजीवन बिताएका देउवालाई चार पटक प्रधानमन्त्री बन्ने अवसर

मुलुकको ४० औ प्रधानमन्त्री हुनु भएका कांग्रेस सभापति शेरबहादुर देउवाको जन्म सन १९४६ जुन १४ मा डढेलधुराको असिग्राम गाविस वडा नं ६ रुवाखोलामा भएको हो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएपछि पहिलो पटक प्रधानमन्त्री बन्नु भएका देउवाले यसअघि भने पनि सरकारको नेतृत्व गरिसक्नु भएको छ । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनु भएको थियो । देउवा अहिले प्रचण्डकै सहयोगमा सरकारको नेतृत्व गरिरहनु भएको छ ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नाकोत्तर तथा कानुनमा स्नातक गर्नु भएको छ भने लण्डल स्कुल अफ इकोनोमिक्सबाट मानार्थ डिग्री समेत हासिल गर्नुभएको छ । देउवा नेपाल बिद्यार्थी संघको संस्थापक मध्येका एक जना हुनुहुन्छ ।उहाँ संघको दोस्रो महाधिवेसनबाट अध्यक्षमा निर्विरोध चयन पनि हुनुभएको थियो । उहाँ राजनीतिकै शिलशिलामा पटक पटक गरेर ९ बर्ष जेल बस्नु भएको छ । २०४८ को संसदीय निर्वाचनमा देउवा डढेलधुराबाट विजयी पनि हुनुभयो । गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा देउवाले गृहमन्त्री बन्ने अवसर प्राप्त्त गर्नुभयो । २०५१ र २०५६ को निर्वाचनमा पनि देउवा डढेलधुराबाट निर्वाचित हुनु भयो २०६४ को पहिलो संविधान सभा र दोस्रो संविधान सभामा समेत देउवा निर्वाचित हुनभएको थियो । दोस्रो संविधान सभामा पनि डढेलधुरा र कैलाली क्षेत्र नं ६ बाट उहाँ निर्वाचित हुनु भएको थियो । २०५२ भदौ २७ मा पहिलो पटक प्रधानमन्त्री बन्नु भएका देउवा सबै भन्दा धेरै पटक प्रधानमन्त्री बन्ने नेता मध्येका एक जना हुनुहुन्छ ।
यो पटक सम्म गरेर  चार पटक सम्म प्रधानमन्त्री हुनुभएका उहाँ तत्कालिन राजा ज्ञानेन्द्र शाहबाट २ पटक बर्खास्तमा पनि पर्नु भयो । पार्टीभित्र चर्को अन्तरसघर्षका कारण कार्बाहीमा परेपछि उहाँले २०५९ असारमा नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टिको स्थापना पनि गर्नु भएको थियो । तर संविधान सभा निर्वाचन अघि २०६४ मा भने उहाँ मुल पार्टी  कांग्रेससँग एकिकरण गर्नु भयो नवनिर्वाचित प्रधानमन्त्री देउवा २०६७ मा काठमाडौमा भएको १२ औ महाधिवेसनमा कांगे्रसका तत्कालिन सभापनि स्वर्गीय शुशिल कोइरालासँग ३ सय ३३ मतान्तरले पराजित हुनुभएको थियो। २०७० मागमा भएको कांग्रेस संसदीय दलको चुनावमा पनि देउवा कोइरालासँगै पराजित हुनु भयो । त्यसअघि २०५७ मा पोखरामा सम्पन नवौ महाधिवेसनमा पनि सभापतिको उम्मेद्वारी दिनुभएका देउवा स्वर्गीय गिरिजा प्रसाद कोइरालासँग पराजित हुनु भएको थियो । तर पछिल्लो महाधिवेसनबाट देउवा पार्टीको सभापति पदमा विजयी हुनुभयो । उहाँले कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेललाई भारि मतान्तरले पराजित गर्दै सभापति पदमा विजयी हासिल गर्नु भएको हो । उहाँ संसदीय दलको निर्वाचनमा पनि विजयी हुनु भयो र अहिले प्रधानमन्त्री बन्न सफल हुनु भएको छ । उहाँ नेपाली कांग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै विक्रम संवत २०५२ सालमा भने नेपालको पहिलो पटक नेपालको प्रम बन्नु भएको थियो । उहाँ माओवादी समस्या समाधानको लागि गठित उच्च स्तरिय समितिको अध्यक्ष हुनहुन्थ्यो ।

सुदरु पश्चिमांचलमा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्वमा गनिने प्रधानमन्त्री देउवा प्रजातान्त्रिक बिद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । देउवा नेपाल बिद्यार्थी संघको प्रथम सभापति हुनुहुन्थ्यो ।
राजनीतिक संघर्षका क्रममा उहाँले ९ बर्षसम्म जेल जीवन बिताउनु भएको छ । देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ सालमा असक्षमको आरोप लगाई बिघटन गर्नु भएको थियो भने फेरी पुर्वराजा ज्ञानेन्द्रले नै दुई बर्ष पछि २०६१ सालमा देउवा लाई पुन प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो । पार्टीको आन्त्रिक द्न्दवका कारण देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको गठन गर्नुभएको थियो । भने २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकिकरण भयो ।यसपछिका समयमा उहाँ वरिष्ठ नेतामा स्थापित हुनुभयो । अहिले भने उहाँ नेपाली कांग्रेस पार्टीलाई पनि नेतृत्व गरिरहनु भएको छ । प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरुप संघर्ष तथा व्यक्तित्व र आचरणको कारण जनताले आफूलाई सँधै विजयी गराउदै आएको प्रधानमन्त्री देउवाको भनाई छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारलाई डढेलधुरको परिवारमा ठकुरी देउवा कुल भनेर चिन्ने गरिन्छ । यो परिवार सम्पन्न र जागिरदार परिवारको रुपमा ऐतिहासिक कालदेखि नै परिचित परिवार हो । डोटी राज्यकालमा डढेलधुराको.पाश्च्य. गोर्खा क्षेत्र देउवाको पुर्खाको अधिनमा थियो । जानकारी भए अनुसार डोटी राज्यकालमा चर्चित बनेका देउवाहरु यसै कुलका पुर्वजहरु थिए । यस कुलका कुशल सिंह देउवा रजवारका दुई पुत्र जेठा गोमन सिंह देउवा रजवार र कान्छा बहादुर सिंह देउवा रजबार हुन जेठा गोमनसिंह देउवा रजवारका एक पुत्र उदय सिंह देउवा रजवार भाइ उदय सिंह देउवा रजवारका एक पुत्र प्रसाद सिंह देउवा रजवार हुन प्रसाद सिंह देउवा भने प्रधानमन्त्री बहादुर देउवाका पिता हुन । उहाँका दुई श्रीमती थिए । दुई श्रीमती तर्फ गरेर प्रसाद सिंह देउवाका ६ छोराहरु थिए । शेर बहादुर देउवा, लोक बहादुर देउवा गणेश बहादुर देउवा प्रेम बहादुर देउवा ललित बहादुर देउवा र बल बहादुर देउवाको जन्म भयो । यी ६ भाई मध्ये जेठा छोरा शेर बहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्न पुग्नु भएको छ । देउवाको सन्तानको रुपमा पुत्र जयविर देउवा हुनुहुन्छ । शेर बहादुर देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनीति पार्टीको प्रमुख व्यक्ति बन्न सफल भएर आफ्नो पुर्खाको विरताले भरिएको वीर गाथा समेटिएको देउवा कुलकै गौरव र इतिहास बनाउन पनि सफल बनेकोे भन्ने मान्यता जानकारहरु राख्दछन् । एउटा सभ्रांन्त ठकुरी कुलमा जन्मिएर पनि देउवाले आफ्नो जीवन गरिवी र पिछडिएको समाज जाति वर्ग र देशको निम्ति समपर्ण गरेको पाइएको छ ।
डढेलधुरा जिल्ला असिग्राम जस्तो विकट ठाँउमा जन्मिनु भएका शेर बहादुर देउवा काठमाडौ अध्ययन गर्ने शिलशिलामा प्रजातन्त्रको निम्ति संघर्ष गर्दा तत्कालिन पंचायती राज्यको शिकार हुनपर्यो । उहाँले आफ्नो युवा अवस्था प्रवासमै बिताउनै पर्यो युवा अवस्थाको अन्तिम जीवनमा नेपाल फर्कनु भएका शेर बहादुर देउवाको लागि नेपाली कांग्रेसको राजनीति सफल बन्यो उहाँ देशको गृहमन्त्री हुँदै प्रधानमन्त्री बन्न पनि हुन सफल भयो । देउवाकी जीवन संगिनी आर्जु देउवा हुनुहुन्छ ।
मुलुकमा पहिलो चरणको स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ ।दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने चुनौति देउवा सरकारलाई छ । त्यस्तै अन्य दुई तहको निर्वाचन गराउने जिम्मेवारी पनि देउवाकै काँधमा यस्तो अवस्थामा प्रधानमन्त्री बन्नु भएका देउवालाई अवसर र चुनौति दुवै उत्तिकै छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु