वडाध्यक्षमा ८७ वर्षीय वृद्दको उम्मेदवारी

असार ४ । काठमाडौं, असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि आज बिहान देखि उम्मेदवारी दर्ता सुरु भएको छ । यसैक्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नम्बर २ मा वडाध्यक्षका लागि ८७ वर्षीय दिलबहादुर राईले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयका जनाएको छ । राई अाफ्ना जेठा छोरालाई साथमा लिएर आइतबार विहानै उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनले स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका हुन् । विगतमा कांग्रेसको राजनीतिमा रहेको भएपनि यो पटक भने उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् । उम्मेदवारी दिएपछि राईले तन्नेरीहरुले विकास नगरेकाले आफैं अघि सरेको बताएका छन् ।  विगतमा आफूले वडामा खानेपानी आपूर्ति, विद्यालय लगायतका विकासको काम गरेको राईको दाबी छ । वडाध्यक्ष भएपछि धेरै काम गर्नुपर्ने भएपनि तन्नेरी स्यालाई बुढो बाघले नै जित्ने भएकाले अाफुमा तन्नेरीहरू भन्दा बढी सहास रहेको उनको भनाई छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु