यति कार्पेट इन्डस्ट्रिजमा आगलागी हुँदा करौडौको क्षति

असार ४ । भक्तपुर, भक्तपुर नगरपालिका-२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी हुँदा करौडौको धनमाल जलेर नष्ट भएको छ ।

गएराति ११ः३० बजेबाट सुरु भएको आगलागी आइतबार बिहान ७ः३० बजे नियन्त्रणमा आएको भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनु भयो ।

उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा करौडौको क्षति भएको भएपनि कति क्षति भयो भन्ने यकिन विवरण भने आउन बाँकी रहेको छ ।

आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास गरेका थिए ।

के कारणले आगो लाग्यो र कति क्षति भयो भन्ने विवरणको लागि प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु