कनफेडेरेशन कप फुटबल प्रतियोगिता अबको केहि घण्टामा (समय तालिका सहित)

असार ३ । काठमाडौं, रुसमा आजदेखि प्रत्येक चार वर्षमा आयोजना हुने फिफा कनफेडेरेशन कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । यसलाइ विश्वकप फुटबलको तयारीको रुपमा पनि हेरिएको छ । कन्फेडेरेसन कप रुसको विभिन्न चार सहरमा हुनेछ । विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि शनिबार सुरु हुन लागेको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिइएको छ ।  यसमा विश्व फुटबल महासंघ (फिफा)को ६ महादेशका च्याम्पियन टोलीहरूको सहभागीता रहने छ ।

पहिलो खेलमा आयोजक रुस र न्युजिल्याण्डबिच खेल हुनेछ । आयोजक रुससँगै ओसेनिया क्षेत्रको च्याम्पियन न्युजिल्याण्ड, युरोकप विजेता पोर्चुगल, विश्वकप विजेता जर्मनी, एसियाली च्याम्पियन अस्ट्रेलिया, दक्षिण अमेरिकी च्याम्पियन चिली, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको र अफ्रिकन च्याम्पियन क्यामरुनले कनफेडेरेसन कप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । सेन्ट पिटर्सबर्गमा रहेको रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

युरोपबाट एक आयोजक रुस, युरोकप विजेता पोर्चुगल र विश्वकप विजेता जर्मनी रहेका छन् । प्रत्येक चार वर्षमा आयोजना हुने फिफा कन्फेडेरेसन कपको साविकको विजेता ब्राजिल हो । यस्तै ब्राजिल कन्फेडेरेसन कप सर्वाधिक ४ पटक जित्ने एक्लो देश हो । अाजबााट सुरू हुने खेलमा समूह ‘ए’मा आयोजक राष्ट्र रुस,  ओसियाना कप च्याम्पियन न्युजिल्यान्ड, युरो कप विजेता पोर्चुगल र कोन्काकाफ कप विजेता मेस्क्सिको रहेका छन् भने समूह ‘बी’मा फिफा विश्वकप विजेता जर्मनी, कोपा अमेरिका विजेता चिली, अफ्रीका कप अफ नेसन्स विजेता क्यामरुन र एसियन कप विजेता अष्ट्रेलिया रहेका छन् । समुह ए र बी का खेल तालिका यसप्रकार छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु