अनिवार्य नेपाली विषयको नतिजा सबैभन्दा खस्कियो

असार ३ । काठमाडौं, शुक्रबार सार्वजनिक भएको एसईईको परीक्षाफल अनुशार अनिवार्य नेपाली विषयको नतिजा सबैभन्दा खस्किएको पाइएको परीक्षा नियन्त्रण कार्यालयले जानएको छ । अनिवार्य विषय ६ वटामध्ये ए प्लस ल्याउने सबैभन्दा कम नेपालीमा रहेकका छन् । नेपालीमा १ सय ८१ जनाले मात्रै ए प्लस ल्याएका छन्। नेपालीपछि सामाजिक कमजोर देखिएको छ । समाजिकमा ३ सय ९७ जनाले मात्रै ए प्लस ल्याएका छन् ।

भर्नाको आधार पूरा गर्न नेपालीमा डी प्लस अनिवार्य गरिएको छ तर नेपालीमा भर्नाको आधारसम्म पूरा नगर्ने ६५ हजार ७० जना रहेका छन् । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार सद्धान्तिक विषयमा सी, डी प्लस, डी र ई ग्रेड पाउनेले मौका पीक्षा दिन पाउँछन् । परीक्षा नियन्त्रण कार्यलयका अनुशार ३ लाख ८० हजार विद्यार्थी ग्रेड वृद्धि परीक्षा दिन योग्य छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु