एमाले र फोरमबिच विराटनगरमा चुनावी तालमेल

असार ३ विराटनगर । बिजय कुमार गच्छदारको नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग विराटनगरमहानगरपालिकामा नेकपा एमालेले चुनावी तालमेल गरेको छ । सो विषयमा झलनाथ खनाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले चुनावी तालमेलले परिणाममा गम्भीर असर पर्ने बताएका  छन ।

विराटनगर महानगरको चुनावमा एमालेले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग तालमेल गरेपछि फोरम लोकतान्त्रीकले मेयरमा एमालेका उम्मेदवार विनोद ढकाललाई सघाउने र एमालेले उपमेयरमा लोकतान्त्रीक फोरमका उम्मेदवारलाई सघाउने छ ।

एमालेले जित्ने प्रशस्त आधार हुँदाहुँदै फोरमलाई महानगरको उपप्रमुख पद समर्पण गर्न लागिएको भन्दै एमालेका जिल्लास्तरीय नेताहरूले चुनावमा यसले परिणाम अर्कै ल्याउने  चेतावनी दिएका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु