बजारमा म्याद नाघेका खाद्धय वस्तु छ्याप्छयाप्ती

असार ३ । पर्वत सदरमुकाम कुश्मा बजारमा म्याद नाघेका खाद्धवस्तु छ्याप्छयाप्ती भेटिएका छन । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीबार गरेको  अनुगमनका क्रममा अखाद्ध र म्याद गुज्रेको वस्तु भेटिएका हुन ।

जिल्ला प्रशासन कार्यालय पर्वतका बजार अनुगमन तथा निरिक्षण एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालको नेत्रृत्वमा भएको अनुगमनमा व्यवसायीको लापरवाहीका कारण म्याद नाघेका वस्तु भेटिएका हुन । सदरमुकाममा झन्डै एक दर्जन थोक विक्रेताको पसलमा गरिएको अनुगमनमा अधिकांश वस्तु म्याद नाघेको पाइएको हो । खासगरी कोसेली र स्माइल, खाने तेल, दामोठ, चाउमीन, गेडागुडी, घिउलगायत वस्तु अखाद्ध भेटीएका हुन् । यसैगरी मसला, बेसार, चकलेट, मिठाइ बिस्कुट आदी पनि अखाद्ध पाइएको छ । व्यवसायीले सजाएर राखेका वस्तुहरु म्याद नाघेका र कुहिएका भेटीएको हो ।

म्याद  नाघेका वस्तुहरुलाई  अनुगमन टोलीले जफत गरेको छ । पहिलोपटकका लागी निरन्तर सदरमुकाम कुश्माबजार, फलेवास, हवास, पातीचौर, वारेबेनीलगायत मुख्य व्यापारिक केन्द्रमा अनुगमन गरिने ढकालले बताए ।

पहिलो चरणमा थोक बिक्रेताको अनुगमन गरिएको र अब खुद्रा, होटेल, मासु, दुध, डायरी, औषधी पसल, एग्रोभेट फेन्सी लगाएत पकृतिका व्यवसाय पनि क्रमशः अनुगमन गरिनेछ । अनुगमन टोलीमा उपभोक्त्ता मञ्च, उद्धोग वाणिज्य संघ, घरेलु तथा साना उद्धोग विकास, समिति पत्रकार तथा सुरक्षाकर्मीको सहभागीता थियो ।

अन्नपुर्णपोष्ट बाट साभार

 

Comments

comments

सम्बन्धित शिर्षकहरु