विनियोजित बजेटको ५७.६४ प्रतिशत मात्र खर्च

असार २ । काठमाडौं, आर्थिक वर्ष ७३/७४ सकिन एक महिना पनि बाँकी नरहँदा सरकारले भने विनियोजीत बजेटको ५७.६४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । खर्च गर्ने क्षमतामा ह्रास आएका कारण सरकारले जेठ मसान्तसम्ममा कुल विनियोजित बजेटको ५७.६४ प्रतिशतमात्र खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

जेठ मसमन्तसम्ममा ६ खर्ब ४ अर्ब ६४ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षमा सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको थियो । ११ महिनामा पुँजीगत खर्च सबैभन्दा कम भएको छ । यस अवधिमा पुँजीगत खर्च विनियोजित बजेटको ३८.५४ प्रतिशतमात्रै भएको छ ।

चालू वर्ष पुँजीगत खर्चका लागि ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १ खर्ब २० अर्ब २१ करोड ९८ लाख रुपैयाँमात्रै खर्च भएको हो । पुँजीगत बजेटमध्ये १ खर्ब ४० अर्ब रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणका लागि छुट्टयाइएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु