बुद्ध एयरको विमान ठूलो दुर्घटना हुनबाट जोगियो

१ असार। काठमाडौं,  बिहीबार मध्यान्ह ९ एन एआईएन कल साइन भएको बुद्ध एयरको विमान पोखराबाट काठमाडौं त्रिभुवन विमानस्थलमा अाईपुग्दा ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

विमान सफा गर्न राखिएको भर्‍याङमा ठोकिएर विमानको इन्धन ट्यांकीमा क्षति पुगेको विमानस्थल स्रोतले जनाएको छ । विमान पार्किङ गर्ने क्रममा दाहिने पँखेटा भर्‍याङमा ठोकिएपनि ठूलो क्षति हुन भने पाएन । विमानको पँखेटाकै भागमा फ्युल ट्यांकी हुने भएकाले यसरी ठोक्किँदा विमानमा आगो लाग्ने ठूलो सम्भावना हुन्थ्यो तर भाग्यबस आगो नलागेकाले ठूलो दुर्घटना हुनबाट जोगीएको यात्रु नरेश भट्टराईले बताउनुभयो । विमानमा समान्य मात्रै क्षति भएपनि विमानस्थलको लापरवाहीले घटना भएको बुद्ध एयर स्रोतले जनाएको छ । घटना बाहिर अाएपनि विमानस्थल प्रशासनले भने अपौपचारिक रुपमा कुनै जानकारी दिएको छैन । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले विमानस्थलमा त्यस्तो कुनै घटना नभएको प्रतिक्रिया दिनुभएको छ ।

5 total views, 5 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु