एसईई वा एसएलसीको परिक्षाफल प्रकाशित हुँदै

असार १ । विगतमा वर्षहरुमा एसएलसी परिक्षाको रुपमा चिनिने सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसईई)को नतिजा भोली सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रण कार्यालयले दिएको सुचना अनुसार भोलि (शुक्रबार) यो परिक्षाको परिक्षाफल सार्वजनिक गरिने छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको बताउनु भयो। विगतका वर्षहरुमा एसएलसी भनिएको यस परीक्षालाई यस वर्षदेखि शिक्षा ऐन शंसोधनसंगै एसईई नामाकरण गरिएको हो। परीक्षामा नियमित र आंशिक गरेर पाँच लाख ३८ हजार विद्यार्थी सहभागी थिए ।

परीक्षा गत चैत तीन गतेदेखि शुरु भएको थियो। गत असारमा भएको शिक्षा ऐनको आठौं संशोधनसंगै विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा एकदेखि आठलाई आधारभूत र नौदेखि बाह्रलाई माध्यमिक तह मानिएको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु