भाइरल ज्वरोले तीन जनाको ज्यान लियो

असार १ ।डोल्पा, भाइरल ज्वरोको कारण तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा फैलिएको तीन जनाले ज्यान गुमाएका छन ।

त्यस्तै भाइरल ज्वरोले सयौ जनालाई टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्याले देखिएको छ ।

भाइरल ज्वरोकै कारणले मुड्केचुला-६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको हो ।

तल्लो डोल्पाको विभिन्न गाउँमा महामारीको रुपमा फैलिएको भाइरल ज्वरोको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहित औषधि पठाइसकेको र वितरण सुरुभइकेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डा श्रीकान्त अग्रवालले जानकारी दिनुभयो ।

“जिल्लाबाट खटिएका स्वास्थ्यकर्मीले घरमै पुगेर जाँचसँगै औषधिसमेत वितरण गरेका छन् । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोको प्रकोप फैलिए पनि आत्तिनुपर्ने अवस्था छैन् डा अग्रवालले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु