यादवको मानसिक सन्तुलन बिग्रिएको नेता महतोको आरोप

असार १, वीरगंज, संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन जाने घोषणा गरेसँगै राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले यादवको मानसिक सन्तुलन बिग्रिएको टिप्पणी गरेका छन् । आन्दोलनको समयमा निर्वाचनमा गएर अाफुहरूलाई यादवले धोका दिएको उनको अारोप छ ।

वीरगंजको घण्टाघरमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले संविधान पुनर्लेखन गर्छु भन्दै हिड्ने यादव अहिले संशोधन समेत नगराई निर्वाचनमा गएको बताए ।

नाकाबन्दीका बेला पुर्व प्रधानमन्त्री केपी ओलीले मधेसी जनतालाई पारीबाट आएको भन्ने गरेकोमा अहिले उपेन्द्र यादव अाफैँले आन्दोलन गर्ने मधेसी जनतालाई पारीबाट आएको भन्ने भाषा बोल्नु मधेसी जनताको भावना विपरित भएको महतोले दाबी गरेका छन् ।

महतोले संविधान संशोधन नभएसम्म मधेशका जिल्लाहरुमा निर्वाचन नगराउन सरकारलानई आग्रह गर्दैं अाएका छन् । मधेसी जनता आन्दोलनमा रहेको भन्दै उनले झापा, मोरङ, सुनसरी देखी कञ्चनपुर सम्म १९ जिल्लामा निर्वाचन नगर्न सुझाब दिए । आन्दोलनरत मधेसी जनताको मागलाई बेवास्ता गरी निर्वाचन गर्न खोजिएमा देश मुठभेदतर्फ जाने उनको दाबी छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु