नेपाल भाषाको पुन अागमन

काठमाडौं, असार १— काठमाडौं महानगरपालिकाले सरकारी कामकाजको भाषाका रुपमा नेपाल भाषा प्रयोग गर्न थालेको छ । महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले नै नेपाल भाषालार्य मान्यता दिने निणृय गरेपछि हाल नेपाल भाषा प्रयोग गर्न थालिएको हो ।
महानगरपालिकाको वडा १८ र २३ मा नेपाल भाषामा सरकारी कामकाज गर्न थालिएको छ । वडा १८ का नवनिर्वाचित अध्यक्ष न्हुँछेकाजी महर्जनले नेपाली भाषामा मात्रै लेखिने निवदेन अब नेपाल भाषाबाट पनि दिन सकिने बताए । उनले सरकारी कार्यालयमा मातृभाषा प्रयोगका पक्षमा हुँदै आएको आन्दोलन सम्बोधन गर्न नेपाल भाषा प्रयोग गर्न थालिएको बताए । तर, हाल प्रयोगमा ल्याइएको नेपाल भाषाको लिपि भने देवनागरी नै रहेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु