राजपाको शक्ति नियन्त्रण भित्रै

जेठ ३१ – दोस्रो चरणको निर्वाचन सार्न पर्ने माग राख्दै आएको राष्ट्रिय जनता पार्टीको शक्ति नियन्त्रण बाहिर नरहेको स्थानीय प्रशासनको एक प्रतिवेदनले जनाएको छ । राजपाले गर्न सक्ने अवरोधको मध्यनजर गर्दै गृहमन्त्रालयले राजपाको गतीविधी नम्र रूपमा अनुगमन गर्न निर्देशन दिएको थियो ।

राजपाले गरेको आन्दोलनमा २७० भन्दा बढीको संलग्नता नरहेको तथा तोडफोडका कार्यमा अत्यन्त न्युन सहभागीता रहेको प्रतिवेदनले जनाएको छ । ठुलो मात्रामा जनशक्ति सडकमा उतार्ने चेतावनी दिएपनि त्यस्तो नदेखिएको स्थानीय प्रशासनले जनाएको छ । मानोनयन दर्ता र मतदानको दिन भने चनाखो रहनुपर्ने गृहमन्त्रालयले जनाएको छ । केहि समय अघिसम्म राजपाकै आन्दोलमा रहनुभएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजपाले भारतबाट मान्छे ल्याएर आन्दोलन गरेको आरोप लगाउनु भएको छ । साथै मधेशका जनता निर्वाचनको पक्षमा रहेको पनि उहाँले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु