लठ्ठीले हानेर श्रीमतीको हत्या

जेठ ३१ ।सुर्खेत,वीरेन्द्रनगर-२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले अाफ्नै ३१ वर्षीया श्रीमतीको लठ्ठीले हानेर हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक निशान थापाले बताउनुभए अनुसार ग्याँसको चुल्हो किन्ने विषयमा विवाद हुँदा मङ्गलबार साँझ ५ बजेतिर उनीहरुबीच विवाद भएको थियो ।

रक्सीले मातेका उनीहरू बीच विवाद चर्किदै जाँदा बलहादुरले लाठीले पदमाको टाउकोमा लठ्ठी प्रहार गरेका थिए । लठ्ठी प्रहारबाट बेहोस् भएर ढलेकी पदमालाई उपचारका लागि क्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बिरामी रहेका बलबहादुरलाई भने प्रहरीले पक्राउ गरेको छ । उनको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । अदालतबाट म्याद थप गरेर यस विषयमा थप अनुसन्धान गर्ने बताउँदै केही दिनभित्रै अनुसन्धान प्रक्रिया सुरु गरेर अदालतमा पेस गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु