राजपा नेपाललाई चुनावमा ल्याउन दलहरुको कसरत जारी

जेठ ३१ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा असर पार्नको लागि राष्ट्रिय जनता पार्टी नेपाल आन्दोलनमा उत्रिसकेको छ ।यसैबीचमा दिनालुदिन नजिकिदै गरेको चुनावमा राजपालाई सहभागिता गराउन दलहरुले अझैपनि कसरत गर्न छोडेका छैनन ।

यसै बिषयमा केन्द्रित भएर छलफल गर्नको लागि आज बुधबार राजनितिक दलहरु छलफलमा जुट्दैछन् । चुनावअघि संविधान संशोधन हुनुपर्ने अडान लिएको राजपालाई मनाउन मुख्य दलहरुबिच छलफल हुन लागेको हो । राजपाले चुनावमा सहभागी हुने लिखित प्रतिबद्धता जनाए प्रदेश नं।

२ र ५ को चुनाव फेरि सार्न सकिने सत्तारुढ दलहरुको संकेत छ । आज सत्ता साझेदार र प्रतिपक्षदलले राजपासँग फेरि छलफल गर्दैछन् । आज साँझ ४ बजे सिंहदरबारमा बोलाइएको छलफलमा राजपा के गर्दा चुनावमा आउँछ रु त्यसको उपाय खोज्ने नेताहरुले बताएका छन् ।

राजपाबाट चुनावमा जाने लिखित प्रतिबद्धता आए संविधान संसोधनमा प्रमुख दल सकारात्मक देखिएका छन् । प्रदेश नम्बर २ र ५ को चुनाव सार्नेमा छलफल सुरु पनि भएको छ । तर, चुनावमा मिति सार्ने वा नसार्नेमा सत्तापक्ष र प्रतिपक्षबीचमा कुरा मिलेको छैन । सत्तापक्षले राजपा चुनावमा आउने अवस्था भए निर्वाचनको मिति सार्न सकिने बिषयमा सकरात्कमक रहेको संकेत गरेको छ । प्रतिपक्षी दल एमालेले भने कुनै हालतमा निर्वाचनको मिति सार्न नहुने धारणा राखेको छ ।
राजपाले भने वार्ता अलमल्याउने खेल भएको भन्दै आन्दोलनमा जाने बताएको छ भने आफ्न शर्तहरु पुरा भएमा चुनावमा जाने पनि राजापाको आन्तरिक निर्णय भएको श्रोतले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु