राजपा नेपालका कार्यकर्ताको उदण्ड

काठमाडौं, जेठ ३० — महोत्तरीको औरही गाउँपालिकाका नेकपा एमालेका सांसद दिपनारायण साह राजपाको बन्दको शिकार बन्नु भएको छ । उहाँ चढेको बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गामुढा प्रहार भएको हो । राजपाले गरेको बन्दका क्रममा गाडी चलाएको भन्दै राजपा नेपालका कार्यकर्ताहरुले एमाले सांसद चढेको गाडीमा ढुंगामुढा  गरेका हुन् ।

ढुङ्गामुढाबाट सांसद साहको गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ । दोस्रो चरणको चुनावको विरोध गर्दै आएको राजपा नेपालले मंगलबारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु