साहित्यकार धन्वन्तरीलाई ‘विष्णुचन्द्र अभिनव गद्य’ पुरस्कार

जेठ २८ ।काठमाडौँ, विसं २०७४ को ‘विष्णुचन्द्र अभिनव गद्य’ पुरस्कार साहित्यकार कात्यायन धन्वन्तरी मिश्रले प्राप्त्त गर्नु भएको छ ।

अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले शनिबार जोरपाटीमा आयोजित एक कार्यक्रमको आयोजना गरेर उहाँलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
अभिनव साहित्य समाजले सञ्चालन गर्ने गरी श्रीकृष्ण पुडासैनीले आफ्ना मातापिता विष्णुमाया पुडासैनी र चन्द्रप्रसाद पुडासैनीको नाममा स्थापित उक्त पुरस्कारको राशी रु छ हजार रहेको छ ।

समाजको १८४ औँ साहित्यिक शृृङ्खलाको अवसरमा पहिलोपटक आयोजित स्थलगत मुक्तक लेखन प्रतियोगिताका विजयीहरुलाई पनि सो अवसरमा पुरस्कार प्रदान गरियो । राष्ट्रियता, राजनीति, नारी जीवन, आमा र प्रेम प्रणय गरी पाँचवटा विषयमा गरिएको उक्त प्रतियोगितामा प्रकाश बस्नेत ‘गफाडी’ पहिलो, सुनिल अधिकारी दोस्रो, उत्तम विचार तेस्रो तथा तिलस्मी प्रभास र प्रमोद गिरीले शान्त्वना पुरस्कार पाउनुभयो ।

प्रतियोगितामा पहिलोलाई रु तीन हजार, दोस्रोलाई रु दुई हजार, तेस्रोलाई रु एक हजार, शान्त्वनालाई रु पाँच-पाँच सय प्रदान गरियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु