ओपेरा हाउस प्राङ्गणमा नेपाली पहिचान सहित “अन्तर्रास्ट्रिय योग दिवस ‘ मनाइंदै

महेस्वर शर्मा । असनेपाल न्युज समाचार । मानसिक शान्ति भन्दा अरू ठुलो केही छैन । तसर्थ पहिलो आफु शान्त बनौं अनि समाजमा शान्ति बांडौं भन्दै यो वर्षको “अन्तर्रास्ट्रिय योग दिवस ‘ सिड्नीको ओपेरा प्राङ्गण मा मनाईेने भएको छ । विश्व शान्ति तथा अध्यात्म- विज्ञान समाज, (जीएसपीएस ) को आयोजनामा बहुसामुदायिक योग अध्यात्म प्रेमिहरूको माझ यो कार्यक्रमा गर्न लागिएको सो संस्थाले जनाएको छ ।

कार्यक्रममा अस्ट्रेलियाको पहिलो रजिस्ट्रड नेपाली योग प्रशिक्षक तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा मुख्य प्रस्तोताको रुपमा रहनु हुनेछ । संयुक्त राष्ट्र संघ अन्तर्गत विश्व शान्ति परिषदको शान्तिदुत समेत रहनु भएको आचार्य शर्माले यस अघि सन् २०१६ मा समेत १ हजार भन्दा बढी सहभागीहरूलाई सो अवसरमा योग तथा ध्यान प्रशिक्षण गराउंनु भएको थियो । जीवनमा गर्नै पर्ने कामहरू पछि परिरहेको अवस्थामामा संस्थाले आयोजना गरेको यो ऐतिहासिक कार्यक्रममा सहभागी भएर लाभ उठाउंन’ जिएसपीएसएस’का अन्तर्रास्ट्रिय निर्देशक बब आधार बताउंनु हुन्छ ।
सो अवसरमा नेपाली पहिचान सहित ओपेरा वरिपरि योग पदयात्रा गर्ने तथा ओपेरा हाउस नजिकको प्राङ्गणमा योग , ध्यान , हांस्य चिकित्सा , मन्त्र उच्चारण, तनाव ब्यवस्थापनका विविध कार्यक्रम सन्चालन गरिने तथा सन्चालन पश्चात निशुल्क सात्विक भोजन समेत उपलब्ध गराईने संस्थाका महासचिव विदुर प्रसाद सापकोटा बताउंनु हुन्छ । यो कार्य क्रमले योग र आरोग्यता को बृदि गर्नुका साथै विश्व सामु नेपालको परिचय समेत बढ्ने संस्थाका कोषाध्यक्ष चुरा मणि वेलवासे बताउंनु हुन्छ । नेपालको पर्यटन प्रवर्द्दन समेत हुने र स्वास्थ्य र शान्ति लाभ समेत हुने यो कार्यक्रममा सम्पूर्णलाई सहभागि हुन न्यु साउथ वेल्स का महावाणिज्य दुत दिपक खड्का तथा नेपाल पर्यटन दुत बद्री अर्यालले जानकारी गराउंनु भएको छ । निशुल्क प्रवेश रहेको सो कार्यक्रम जुन १८ तारिख ११ बजे देखी १ बजे सम्म ओपेरा हाउस अगाडिको प्राङ्गणमा हुने जनाईएको छ ।
यस सम्बन्धी थप जानकारी लिन वा सहभागीताका लगि नाम दर्ता गराउंन ०४३४५७०३७९ र ०४१२४७८३१२ मा संपर्क गर्न  अनुरोध गरिएको छ ।

थप जानकारीका  लागि यो पेज दबाउनु  होला ।

World Yoga Day Celebration In Sydney, Opera House !

Comments

comments

सम्बन्धित शिर्षकहरु