नभनीदेउ, परदेशी भो, विझ्छ मन भित्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली गीत ” नभनीदेउ, परदेशी भो”

जहाँं पुग्छौं , जहाँं जान्छौं, हामी नेपाली ।
मुटु भित्र, नेपाली पन, जान्न पखाली ।।

पैतालामा देश हैन, मन र मुटुमा ।
शरीर टाढा, रहंदा नि , देश चैं छातीमा ।।

देशलाई माया गर्ने ,बाटा कति कति।
गुंढ छोड्नै हुन्न , भन्ने नसोचेकै जाती ।।

नभनीदेउ, परदेशी भो, विझ्छ मन भित्र ।
जहाँँ पुगे नि, यी हातहरू कोर्छन् ,नेपाल चित्र ।।

उड्छ चरी , चुम्छ आकाश , फर्कने छ गुंडमै ।
नेपाली भै बांची रहौं, मर्दा नेपाली नै ।।

-भीमसेन सापकोटा(आचार्य राजन शर्मा ) , सिड्नी, अष्ट्रेलिया

 

73 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु