राजपाद्वारा चुनाव सार्ने प्रयास सत्तारुढ द्वारा ठाडै अस्विकार

जेठ २७, काठमाण्डौं । आगामी असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानिय चुनाव सार्न राष्ट्रिय जनता पार्टी नेपालले माग गरेको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले ठाडै अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार आफ्नै कार्यकक्षमा बोलाएको सत्तारुढ दल र राजपा नेताहरूको बैठकमा संविधान संशोधन अहिले नै अघि बढाउने र चुनावको मिति सार्ने राजपा नेताहरूको प्रस्तावमा सहमति हुन नसकेपछि राजपा चुनावमा जान नसक्ने निर्णय नजिक पुगेको हो । राजपाका अध्यक्ष मण्डलका सदस्य नेता  शरतसिंह भण्डारीले संविधान संशोधन नभई र मधेसमा स्थानीय तहको संख्या नथपी आफूहरू चुनावमा जान सक्ने स्थिति नरहेको बताए।

राजपासँगको समझदारीमा नै सरकारले बैशाख ३१ का लागि तय भएको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको थियो । जसअनुसार ३, ४ र ६ नम्बर प्रदेशमा बैशाख ३१ मा पहिलो चरणको चुनाव सम्पन्न भयो तर, राजपा सहभागी भएन । राजपा सहभागीताको लागी सरकारले जेठ ३१ को लागी तय गरेको दास्रो चरणको चुनाव असार ९ हुंदै १४ गतेको लागी सरेको छ । सबै राष्ट्रिय दलसहित विजयकुमार गच्छदार र उपेन्द्र यादवले नेतृत्व गरेका पार्टी चुनावमा जाने देखिएपछि राजपा दवाबमा छ।

सबै पार्टीले उमेद्वारी दिइसकेपछि तुलनात्मक रुपमा कमजोर संगठन रहेको राजपालाई मधेसमा चुनाव रोक्न कठिन हुनेछ । सम्भवत त्यही कारण असार २ गतेको उमेद्वारी मनोनयअघि नै मधेसमा ‘कडा’ आन्दोलन गरेर दबाब सिर्जना गर्ने रणनीतिमा राजपा देखिन्छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु