काठमाडौंका सडकहरुमा खाली खुट्टा हिड्थे प्रमोद

प्रमोद खरेल नेपाली संगीत जगतमा बहुचर्चित नाम हो । फिल्म ‘पल पलमा’ को “यो अँगालोभरिको माया” मार्फत फिल्ममा पाश्र्व गायन थालेका गायक खरेललाई श्रोतामाझ स्थापित गराउने काम “मबिना कसै-कसैलाई मुस्किल छ पोखरामा” गीतले गर्यो उनले  करिब १ सयवटा नेपाली फिल्मका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

संगीत जगतमा उनको जति ठुलो नाम छ उनले भोगेका संघर्ष पनि त्यती नै ठुलो छ । काठमाडौंको सडकमा खाली खुट्टा हिँडेकादेखि म्यूजिक पढ्न लागि भोकभोकै हिँडेका दिनहरु उनको मन मस्तिष्कमा जिवितै छन् । संगीत क्षेत्रमा लाग्नका लागि त्यती बेला म्यूजिक स्कूल भर्ना हुनु पर्थ्यो । कलेज पढ्न घरबाट पठाएको पैसाले म्यूजिक स्कूलमा भर्ना भएका उनलाई कलेज र म्यूजिक स्कूल दुवै ठाउमा  पैसा तिर्नु पर्थ्यो । त्यसका लागि उनले होम ट्यूसनपनि पढाएका थिए । त्यसैबाट आएको पैसाले कलेज र म्यूजिक स्कूल पढ्ठे । उनि आफ्ना संघर्षका दिनहरुहरुमा गाडी चढ्ने पैसा नहुदा  खाली खुट्टा काठमाडौंका सडकहरुमा हिडेर र खाजा नखाएर भएपनि पैसा बचाएर  म्यूजिक स्कूलमा पढ्न जान्थे ।

उनका अनुसार  उनको पहिलो एल्बम आउँदा पनि उनलाई साथीभाईहरुले दुःख-सुःख गरेर सहयोग गर्नुभएको थियो । अलि-अलि घरबाट र अलि-अलि होम ट्यूसन पढाएर भएपनि पहिलो एल्बम निकाल्नका लागि पैसा जम्मा गरेका  थिए । पहिलो एल्बम ठिक-ठिकै चल्यो त्यस्तो बम्पर गएन । उनको त्यो समय यति सम्म थियोकि आफ्नै पहिलो एल्बमको म्यूजिक भिडियो हेर्न उनीसंग टेलिभिजन थिएन । अरुको घरमा गएर टेलिभिजन हेर्ने गर्थे ।

अहिले आफ्नो जीवनलाई नयाँ उचाई दिएका प्रमोदका मै मोरो सोझो, लाइदेऊ न मायाले, चल बतास चल, ओई झुमा झुम्कावाली, उसले जति माया, आफ्नो भन्नु, मलाई जसले पनि लगायतका दजनौं गीतहरु सुपरहिट छन् ।

सम्बन्धित शिर्षकहरु