लोकतन्त्रको असल अभ्यास भयो निवर्तमान प्रधानमन्त्री दाहाल

जेठ २३- काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रस्ताव गरेको उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित भएकामा अत्यन्त खुसी लागेको बताएका छन् । व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको निर्वाचनपछि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने यो लोकतन्त्रको असल अभ्यास हो । उनले राजनीतिक इमान्दारीको अनुपम उदाहरण भएको प्रस्तुत गर्दै यसले मुलुकलाई नयाँ दिशामा अगाडि लैजाने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३८८ मतका साथ नेपालको ४०औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि प्रधानमन्त्री दाहालको यस्तो प्रतिक्रिया आएको हो । रासस

Comments

comments

सम्बन्धित शिर्षकहरु